गौतम अडानीः पहिले दुखैदुख, अहिले आसेपासे पूँजीवादको आडमा व्यापारिक साम्राज्यको विस्तार



एजेन्सी । सन् २०१४ सम्म घाटाको व्यापार गर्दै आएको अडानी समूह र त्यसका प्रमुख गौतम अडानीको पछिल्ला दिनमा रजगज उत्तिकै बढेको छ । जब भारतको संघीय सत्तामा भारतीय जनता पार्टी र नरेन्द्र मोदीको उदय भयो, तब गौतम अडानीको पनि दिन शुरु भयो ।

धिरुभाई अम्बानीको पारिवारिक साम्राज्यलाई मुकेश अम्बानीले अगाडि बढाइरहेको सन्दर्भमा दक्षिण एशियाका एकमात्र अर्बपतिको ताज पनि उनकै नाममा थियो । जब सत्ताको साथ र सहयोगले अडानी व्यापारिक साम्राज्य विस्तारमा लागे, तब आसेपासे पूँजीवाद जबरजस्त रुपमा बलियो बनेर आयो । विरोधीलाई सफाया गर्ने अभियान चलाएको मोदी सरकारले गौतम अडानीलाई कानूनको छिद्र प्रयोग गर्दै एक पछि अर्को राष्ट्रिय सम्पत्ति सुम्पदै गयो, तब हुने नहुने सबै भयो ।

साम्राज्य विस्तारका लागि पनि केही आधार त चाहिन्छ नै । त्यस्तै भयो अडानीका लागि पनि । थोरै व्यापारिक ज्ञान, मेहनत अनि सत्ताको सहज राजमार्ग उनका लागि साम्राज्य विस्तार गर्ने खास अवसर बन्न गयो ।

भरतीय सत्ताको नजिक हुनुको फाइदा उठाएका गौतम अडानीले नै सन् २०१४ मा आफ्नै जहाजमा राखेर नरेन्द्र मोदीलाई गुजरातबाट दिल्ली उतारेका थिए । सोही गुन आजसम्म पनि मोदीले उनका खातिर तिरीरहेका छन् ।

तर, अडानीको सफलताको सूत्र पनि छ । नकारभित्र सकार विषय हुन्छ भने जस्तै अडानीलाई आफ्ना पीताले दिएको वचनले सफलताको शिखरमा पुर्याएको छ । उनका पीताले ५ औंलाको पाठ याद गर्न भनेका थिए । सबै मामिलाहरू समाधान गर्दै परिवारसँग सँगै खाना खाऊ भन्ने दिव्य वचन दिएका थिए । परिवारको खुसी नै सफलताको खास प्रस्थान बिन्दु हो भन्ने सिकाएका थिए ।

विश्वका नवौं धनी व्यक्ति तथा शीर्ष उद्योगपति गौतम अडानी लगातार सफलताको शिखर चुमिरहेका छन् । भन्छन् ‘हाम्रो यहाँ नियम छ कि व्यस्तताका बीचमा पनि परिवारका सबै सदस्य सँगै खाने टेबलमा बस्छन् । जतिसुकै समस्या भए पनि त्यहीँबाट समाधान हुन्छ । ’

सन्देश स्पष्ट छ – व्यस्तता जीवनको हिस्सा हो, तर परिवारको लागि समय निकाल्नु पनि महत्वपूर्ण छ । व्यापारदेखि अदानीसम्मको परिवारको शक्तिको रहस्य पनि त्यसैमा जोडिएर आएको छ ।

अदानी समूहको व्यापार विश्वव्यापी, अहमदाबादमा मुख्यालय राख्नुको कारण के भन्ने जिज्ञासाकाबीचमा उत्तर खोज्ने प्रयास गरिएको छ ।

अहमदाबाद उनको जन्मभूमि हो । ‘यो शहरले मलाई व्यापारमा ल्यायो । गुजरात मेरो परिवार हो । परिवारबाट टाढा जाने को ?’

शेख आदम अबुवालाको एक शेर उनलाई असाध्यै मन पर्छ । भन्छन् ‘बोलाउनु भयो भने अवश्य आउँछु, शर्त छ देशको माटोको एकमुट्ठी ।’

उनका बाबाले बाल्यकालमा सम्झाएका थिए । भगवानले हातका पाँच औँला बराबर दिएका छैनन् । तर, जब जोडेर मुट्ठी बनाइन्छ । तब ठूलो शक्तिको निर्माण हुन्छ । यो सिकाइ र अनुकरण आज पनि परिवारमा जोडिएर आएको छ ।

वर्षौंदेखि, परिवारका सदस्यहरू हरेक दिन अफिसमा सँगै खाना खान्छन् । सबै विषयहरूमा छलफलले नियमति संवाद कायम राख्छ । निरन्तर बलियो हुँदै जान्छ ।

अडानी परिवारले पेशेवरहरूलाई मार्गदर्शन गर्छ । तदनुसार, पेशेवरहरूले राम्रो काम गरिरहेका छन् । अडानी समूहको व्यवसाय परिवार र पेशेवरहरू बीचको राम्रो सहकार्यबाट चलेको छ ।

आज विश्वले जलवायु परिवर्तनको नराम्रो असरको सामना गरिरहेको छ । पेरिस सम्मेलनपछि हरित ऊर्जाको योजना अगाडि बढाइएको छ । अडानी समूहले सन् २०३० सम्म यसमा ७० अर्ब डलर लगानी गर्ने वाचा गरेको छ । दोस्रो, भौगोलिक विशेषताका कारण देशमा सूर्यको किरण प्रचुर मात्रामा छ । यसको पूर्णसदुपयोग गर्ने उद्देश्यले स्वच्छ र हरित ऊर्जा क्षेत्रमा प्रवेश गरेको छ ।

‘हामी सौर्य ऊर्जा र सम्बद्ध उपकरणको उत्पादनमा पनि प्रवेश गरेका छौं । यी उपकरणमा प्रयोग हुने ‘सिलिका’ देशमा प्रचुर मात्रामा पाइन्छ । यस्तो अवस्थामा ऊर्जा र त्यससँग सम्बन्धित सामग्री आयात गर्नुपर्ने अवस्था रहेन,’ उनले भने ।

राष्ट्र निर्माणको भावना अडानी समूहको जगमा रहेको उनको भनाइ छ । एक गुजरातीको रूपमा साहसका मूल्यहरु छन् । सन् १९९२ मा अडानी एक्स्पोर्ट्स नामबाट आयात–निर्यातको रूपमा शुरु भएको थियो व्यवसाय ।

त्यसपछि एउटा अंग्रेजी वाक्यले मन छोयो, ‘ग्रोथ विथ गुडनेस ।’ यही भिजन लिएर देशका २० वटा बन्दरगाहबाट व्यापार गरेको उनी स्मरण गर्छन् ।

सन् १९९५ मा भारत सरकारले पूर्वाधार क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्ने घोषणा गरेको थियो । मुन्द्रा बन्दरगाह विस्तार भयो र सो समूह पूर्वाधार क्षेत्रमा प्रवेश गर्यो ।

‘हामीसँग बन्दरगाह वरपर धेरै जमिन थियो । सन् २००६–०७ मा चर्को विद्युत् संकट भयो । सरकारले विद्युत् ऐन संशोधन गर्यो । त्यसपछि मुन्द्रा पोर्ट नजिकै अडानी पावर प्लान्ट स्थापना गरियो’ उनले ती दिन स्मरण गरे ।

यसरी ऊर्जा क्षेत्रमा प्रवेश गरको सो समूहले त्यसको चार–पाँच वर्षपछि प्रसारण र वितरणको काम पनि शुरु गर्यो । यसरी ऊर्जा पूर्वाधार क्षेत्रमा प्रवेश गरेपछि प्राकृतिक ग्याससम्बन्धी नीतिहरू तर्जुमा गर्दा ऊर्जा क्षेत्र पनि आफूहरुको पोर्टफोलियोमा थपिएको उनले बताए ।

देशको सुरक्षा प्रत्येक भारतीयको सर्वोच्च प्राथमिकता भएको उनी बताउँछन् । स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारत रक्षा क्षेत्रमा विश्वको सबैभन्दा ठूलो आयातकर्ता हो । यस विषयमा भारत आत्मनिर्भर भयो र अनुसन्धान र विकासमा ध्यान केन्द्रित गरेर आत्मनिर्भरतातर्फ अघिबढेको उनी बताउँछन् । अदानी समूह यस मार्गमा योगदान गर्न समर्पित रहेको उनको भनाइ छ ।

अडानी फाउन्डेसनले १६ राज्यका २४०० भन्दा बढी गाउँका ४० लाख जनसंख्याका लागि गुणस्तरीय प्राथमिक शिक्षा, जनस्वास्थ्य, स्वरोजगार र कुपोषण उन्मूलनका लागि काम गरिरहेको छ । सीप विकास कार्यक्रमअन्तर्गत ११ प्रदेशका १ लाख केटाकेटीलाई तालिम दिइँदैछ । अडानी फाउन्डेसनले महामारीको समयमा सिर्जना भएको अक्सिजन संकटमा लजिस्टिक च्यानलमार्फत् अक्सिजन आयात गरेर धेरै राज्यमा अक्सिजन आपूर्ति गरेको छ ।

ऋणमा डुबेको अडानी समूह सन् २०१४ पछि मात्रै कूल सम्पत्तिमा २३० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कूल ३९ हजार ५२५ करोड भारुबाट एकाएक ९.४७ लाख करोड भारु बराबर पुगेको छ ।

शाहरुख खानको फिल्म छ- रईस । त्यसमा एउटा सम्वाद छ- व्यवसाय सानो हुँदैन र व्यापारभन्दा धर्म ठूलो हुँदैन । घरायसी राशनदेखि कोइला खानी, रेलवे, एयरपोर्टदेखि बन्दरगाहसम्म दर्जनौं व्यवसाय आज अडानीको होल्डमा छ । ती क्षेत्रमा अडानी समूहको प्रमुख उपस्थिति छ ।

सन् १९७८ साल थियो, कलेजमा अध्ययनरत एक युवक आफ्नो सपनाको बीचमा कलेजको पढाइ छोडेर अहमदाबादबाट मुम्बई पुग्छन् । ८० को दशकमा जहाँ मानिसहरू हिरो बन्नमात्रै मुम्बई आउँदै थिए । अर्कोतिर त्यस केटा अर्थात् गौतम अडानी हिराको संसारमा भाग्य अजमाउन निस्किएका थिए ।

जसरी मुम्बई पुगेका हरेक व्यक्ति नायक बन्न सफल हुँदैनन्, त्यस्तै अडानीसँग पनि थिए । अडानीले मुम्बईमा करिब ३ वर्ष काम गरे । तर, उनको भाग्य त्यो हीराले चम्कन सकेन ।

विपत्ति अवसरमा परिणत भयो र अडानी समूहको जग बस्यो । उनको भाग्य चम्कन थाल्यो जब उनको जेठो भाइले उनलाई १९८१ मा अहमदाबाद बोलाए ।

भाइले प्लाष्टिक ¥यापिङ कम्पनी किनेका थिए तर उनी अगाडि बढ्न सकेनन् । सो कम्पनीलाई चाहिने कच्चा पदार्थ पर्याप्त थिएन । यस संकटलाई अवसरमा परिणत गर्दै, अडानीले कान्डला पोर्टमा प्लास्टिक ग्रेन्युल आयात गर्न थाले ।

सन् १९८८ मा अदानी इन्टरप्राइज लिमिटेडको आधारशिला बनाउन सफल भयो ।

यहाँबाट अडानी समूहको औपचारिक यात्रा सुरु भयो । जसले धातु, कृषि उत्पादन र कपडा जस्ता उत्पादनको कमोडिटी व्यापार शुरु गर्यो । केही वर्षमै यो कम्पनी र अडानी यस व्यवसायका लागि ठूलो नाम बन्न पुगे ।

अदानी इन्टरप्राइजको वेबसाइटका अनुसार कम्पनीको सेयर सन् १९९४ मा बीएसई र एनएसईमा सूचीकृत भएको थियो । त्यतिबेला यसको सेयर मूल्य १५० भारु थियो । तर, यो शुरुवात मात्रै थियो । आज अडानी इन्टरप्राइजको सेयर मूल्य २१४७.४५ भारु बराबर छ ।

अडानी समूहको व्यापार अस्ट्रेलिया-इन्डोनेसियाजस्ता देशहरूमा फैलिएको छ ।

फरच्यून इण्डिया पत्रिकाका अनुसार सन् २०१० मा अडानीले अष्ट्रेलियाको लिंक इनर्जीबाट १२ हजार १४७ करोड भारुमा कोइला खानी किनेको थियो । गिली बेस्ट क्वीन आइल्याण्डको यो खानीमा ७.८ बिलियन टन खनिज भण्डार छ । जसले हरेक वर्ष ६ करोड टन कोइला उत्पादन गर्नसक्छ ।

इन्डोनेसियामा तेल, ग्याँस र कोइलाजस्ता प्राकृतिक स्रोतहरू प्रशस्त छन् । तर, पूर्वाधारको अभावमा यी स्रोतहरूको पर्याप्त फाइदा उठाउन सकिएको छैन । सन् २०१० मा, अडानी समूहले इन्डोनेसियाको दक्षिणी सुमात्राबाट कोइला ढुवानीका लागि १.५ बिलियन डलरको पुँजीगत लगानी घोषणा गरेको थियो ।

यसका लागि दक्षिण सुमात्रामा निर्माण हुने रेल परियोजनाका लागि त्यहाँको सरकारसँग सम्झौता भएको थियो । अडानी समूह २० लाख करोडको मार्केट क्यापको साथ समूहमा सामेल भएको थियो ।

अडानी समूह २० लाख करोडको मार्केट क्यापको साथ अप्रिल २०२२ मा समूहमा सामेल भएको थियो । यो स्थान हासिल गर्ने टाटा र अम्बानीपछि भारतको तेस्रो समूह हो अडानी ।

अदानी समूहका सात कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छन् । अदानीका पाँच कम्पनीहरूको मार्केट क्याप मात्रै १ लाख करोड भारु भन्दा बढी छ । जबकि दुई कम्पनी अडानी पावर र अडानी विल्मारको मार्केट क्याप ९८ हजार भारु र ८२ हजार करोड भारु बराबर छ । तर, अहिले समूहको बजार पुँजी निकै घटेको छ ।

अडानी ग्रीन इनर्जीले २१ सेप्टेम्बर २०१६ मा देशलाई विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट दिएको थियो । ६४८ मेगावाट क्षमताको यो सोलार प्लान्ट तमिलनाडुमा छ । अडानी समूहको यस इकाईमा ४ हजार ५५० करोड भारु लगानी गरिएको थियो ।

समूहका मालिक अदानी पनि २६ नोभेम्बर २००८ को मुम्बईमा भएको आतंकवादी हमलाबाट बालबाल बचेका थिए । नोभेम्बर २६ मा अडानी दुबई पोर्ट्सका सीईओसँग ताज होटलको रेष्टुरेन्टमा डिनर गरिरहेका थिए ।

उनीहरु रातभर रेस्टुरेन्टको भान्छा र बाथरूममा लुकेर बसेका थिए । उनलाई बिहान ८.४५ बजे सकुशल उद्दार गरिएको थियो । यसअघि सन् १९९८ मा अहमदाबादमा फिरौतीको लागि अडानी र शान्तिलाल पटेललाई बन्दुक तेस्र्याएर अपहरण गरिएको थियो । पछि उनी रिहा भए ।

अडानी समूहले हालै होल्सिम समूहको भारतीय व्यापार अधिग्रहण गर्ने बोलपत्र जित्यो । यो सम्झौता लगभग ८१३६० करोड भारुमा भएको थियो । होल्सिम समूहको अम्बुजा सिमेन्टमा ६३.१ प्रतिशत र एसीसीमा ५४.५३ प्रतिशत सेयर छ । अब त्यो अडानी समूहको हुनेछ । यो अडानी समूहको अहिलेसम्मको सबैभन्दा ठूलो अधिग्रहण हो । यो स्विस कम्पनी १७ वर्षअघि भारतमा प्रवेश गरेको थियो ।

बाँकी समूहको कुल ऋण आव २०१७ मा १ लाख करोड भारु बराबर थियो । आव २०२२ मा २.२४ लाख करोड भारुमा सकारिएको छ । विवरणहरुमा अनुसार होल्सिम सम्झौतापछि यो ऋण ३ लाख करोड भारु हुने अनुमान गरिएको छ । यसबाट अडानी समूहको सारा इतिवृतान्त बुझ्न सकिन्छ ।


क्लिकमान्डु