सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो




काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य १२ सय ५० रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु