सेञ्चुरी बैंकको शाखा असनमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका–२५ असनबजारमा सञ्चालनमा ल्याइएको छ ।

बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र वडा– २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । असन शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

२०७८ चैत्रमसान्तसम्म बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले जनाएको छ ।

बैंकको शाखा संख्या १४५ पुगेको छ भने १० वटा एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग सेवा र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु