मोरङका उद्योगीद्वारा चरणबद्ध आन्दोलनको घोषणा, मागे अर्थमन्त्रीको राजीनामा



काठमाडौं । मोरङका उद्योगी र मजदुरहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बिहीबार सडकमा प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

अर्थमन्त्री शर्माले माग सम्बोधनका लागि आश्वासन दिए पनि सम्बोधन नगरेकाले बिहीबारदेखि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजलाले बिहीबारदेखि चरणबद्ध आन्दालोन शुरु गरिएको बताए । उनीहरुले यसअघि काठमाडौंमा आइ अर्थमन्त्री शर्मासँग भेट गरी स्यानिटरी प्याड, वनस्पति तेललगायतका उद्योगका सम्बन्धमा लिएको नीति गलत भएको भन्दै सच्चाउन माग गरेका थिए । अर्थमन्त्री शर्माले उनीहरुलाई आश्वासन दिँदै समस्या समाधान गर्ने बताएका थिए ।


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र मोरङका तीन वटा उद्योग संघका अध्यक्षका साथै सांसद अमनलाल मोदीसहितको बैठकमा अर्थमन्त्री र सचिवले उद्योगीका माग बमोजिम अन्तशुल्क र भन्सार संशोधनको प्रतिबद्धता जनाउनु भएको थियो, तर सदनबाट बजेट पारित भइसकेको अवस्थामा पनि संशोधनको प्रक्रिया नै शुरु नगरेकाले हामीहरु आन्दोलन गर्न बाध्य भएका हौं,’ उद्योगी शिवरत्न शारडाले भने ।

हाल आन्दोलनमा उद्योग र मजदूर संलग्छन् । उनले सीमित उद्योगीलाई पोस्ने गरी ल्याएको नीति संशोधन हुनुपर्ने भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने समेत स्पष्ट पारे ।


क्लिकमान्डु