असार १५ गते ‘डेरी फूड फेस्टिबल’ हुँदै



काठमाडौं । आगामी असार १५ गते काठमाडौंमा ‘डेरी फुड फेस्टिबल’ हुने भएको छ ।

दुग्ध विकास बोर्डसँगको सहकार्यमा डेरी उद्योग संघको आयोजनामा स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरूको खपत अभिवृद्धि गर्ने उद्देश्यले असार १५ गते अनमोल ब्याङ्क्वेट शंखमुलमा डेरी फूड फेस्टिबल हुने भएको हो ।

मेलामा दुग्ध तथा खाद्य विज्ञहरूको कार्यपत्र प्रस्तुत, दुग्धजन्य पदार्थहरुका परिकारको प्रत्यक्ष पाकवान तथा नि:शुल्क वितरण एवं विभिन्न ब्रान्डका आइक्रिम तथा डेरी उद्योगहरूको स्टल रहने संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

संघले असार १५ गते २ बजेदेखि ५ बजेसम्म फेस्टिबल आयोजना गर्ने भएको छ ।


क्लिकमान्डु