डलरको भाउ हालसम्मकै उच्च, एक डलरकै १२५.७२ रुपैयाँ



काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्म कै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बिहीबारको विनिमय दरअनुसार एक अमेरिकी डलर बराबर खरिद मूल्य १२५.१२ रुपैयाँ र बिक्री मूल्य १२५.७२ रुपैयाँ पुगेको छ ।

अमेरिकको केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाएपछि विश्वमै अमेरिकी मुद्राको मूल्य बढेको छ । नेपालले भारतीय मुद्रासँग स्थिर मूल्य प्रणाली लागू गरेको छ ।

अमेरिकाले ब्याजदर बढाएपछि भारतबाट लगानीकर्ताहरु बाहिरिन थालेका छन् । जसले भारतीय मुद्रा समेत डलरको तुलनामा इतिहासमै सबैभन्दा बढी अवमूल्यन भएको छ ।

स्थिर विनिमयदरका कारण भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर भएको हो ।


क्लिकमान्डु