६ अर्ब लगानीमा सुर्खेत-जुम्ला सडकअन्तर्गत बाङ्गेसिमल-सैन सडक खण्ड कालोपत्रे गरिने



काठमाडौं । सडक विभागले ६ अर्ब लगानीमा सुर्खेत–जुम्ला सडकअन्तर्गत बाङ्गेसिमल–सैन सडक खण्ड आयोजना कालोपत्रे हुने भएको छ ।

विभागले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गरेर ११२ किलोमिटर सडक ६ अर्ब बढी लगानीमा कालोपत्र गर्ने भएको हो ।

विभागका अनुसार सो सडक खण्ड ६ अर्ब १२ करोड १३ करोड ६ लाख ८४ हजार रुपैयाँ लागत लाग्ने भएको छ । प्रस्तावित आयोजना बाङ्गेमसिमल–सैन सडक खण्ड बाङ्गेसिमल (सुर्खेत) बाट शुरु भई साई गाउँ (दैलेख) मा अन्त्य हुनेछ ।

यस सडक खण्ड सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरापालिका वडा नम्बर २ र बराहताल गाउँपालिका वडा नम्बर ५,७ र ८ र दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर १ र २, दुल्लु नगरपालिका वडा नम्बर १, २ र ३, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ र आठबीस नगरपालिका वडा नम्बर १, २ र ३ मा रहेको छ ।

सुर्खेत–जुम्ला सडक एक रणनीतिक सडक हो र यसले सुर्खेत, दैलेख, कालिकोट र जुम्ला जिल्लाहरु सडक सञ्जालमार्फत् जोड्ने विभागको भनाइ छ । सडक विभागले यस सडकलाई स्तरवृद्धि गरेर दोहोरो लेनको (९) कालोपत्र राजमार्ग स्तरको बनाउने योजना बनाएको छ ।

सो आयोजनाको प्रमुख वस्तीहरु बाङ्गेसिमल, दमारे, बड्डीचौर बजार, पिपलचौर, केराबारी, स्याउले बजार, तल्लो डंथेश्वर, सुवाक्षेडा, न्यावली, सियाला, पिपलगडी बजार, पालतडा बजार, रामघाट, तुनिबगर र सार्यगाउँ रहेको छ ।

सो सडक क्षेत्रमा विभागले अस्फाल्ट कंक्रिट प्रयोग गरी कालोपत्र गर्ने योजना बनाएको छ । जसमा विभागले २० मिमि साइजको क्रस्ड ग्रावेल (डिजाइनअनुसार १५० मिमि बाक्लो), सबबेस ८० मिमिभन्दा सानो प्राकृतिक नदीजन्य चालिएको ग्रावेल (डिजाइनअनुसार २००–३०० मिमि बाक्लो) र वेरिंग कोर्स अस्फाल्ट कंक्रिट ५० मिमिमा कालोपत्रे गर्ने भएको छ ।

विभागले क्षेत्राधिकार (राइट अफ वएआरओडब्लु) मा ३० मिट (सडकको बीच रेखाबाट दायाँबायाँ दुवैतिर १५/१५ मिटर), फर्मेसन चौडाई ९ मिटर (ड्रेन बिना), क्यारिज वे चौडाई ७ मिटर (डबल लेन), सोल्जर चौडाई १ मिटर (दुवैतिर), साइड ड्रेन १.२५ मिटर र अधिकतम टाल १० प्रतिशत प्रस्ताव गरेको छ ।


क्लिकमान्डु