सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु