स्माटच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटबीच सम्झौता



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता भएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र मोरू डिजिटल बालेटबीच भएको सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न बताइको छ ।

सम्झौतासँगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । मोरू वालेट मार्फत बिभिन्न ब्यापार ब्यबसायमा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

सम्झौतामा विच स्मार्टच्वाईस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र (मोरू वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहले स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु