वार्षिक डेढ खर्बको रुपैयाँको सिमेन्ट निर्यात गर्न सकिन्छः सिमेन्ट उत्पादक संघ



काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले वार्षिक डेढ खर्बको रूपैयाँभन्दा बढी रकम बराबरको सिमेन्ट निर्यात गर्न सक्ने बताएका छन् ।

संघले आज विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को विधेयकमार्फत् सिमेन्ट उद्योगलाई प्रोत्साहन गरेको भन्दै स्वागत समेत गरेको छ ।

‘बागमती प्रदेशले ल्याएको आगामी आवको आर्थिक विधेयकमा सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्ने उद्योगहरुको हकमा दोहोरो कर नपरोस भन्नका लागि चुनदुङ्गा खानीको अनुमति लिइ सञ्चालन भइरहेका उद्योगलाई चुनढुङ्गामा कर नलाग्ने व्यवस्थालाई निरन्तर गरिएको छ, जुन स्वागतयोग् छ,’ संघले भनेको छ ।

साथै, प्रदेशभित्र उत्पादन हुने सिमेन्टको हकमा कारखाना मूल्यमा ०.२५ प्रतिशतका दरले लिइरहेको प्राकृतिक स्रोत शुल्कलाई प्रस्तुत बजेटमार्फत् खारेज गरिएको छ ।

‘स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने निति लिईएको यस विधेयकबाट चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै यी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भएमा १५० अर्बभन्दा बढी रकमको निकासी गर्ने प्रवल सम्भावना छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र विदेशी मुद्रा सञ्चिति गर्नमा समेत उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु