३१ अंकले घट्यो बजार, आँधिखोला लघुवित्तको सेयरमा पोजिटिभ सर्किट



काठमाडौं । बुधबार नेप्से परिसूचक ३१.२१ अंकले ओरालो लागेर १८८३ अंकमा सीमित भएको छ । यो दिनको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

कुल ३० लाख ३४ हजार ४८३ कित्ता सेयर ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा १९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिनको कारोबारमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ८७३ रुपैयाँमा पुगेको छ । कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ भने त्यसपछि नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक र एनआइसी एशिया बैंक छन् ।


आशीष ज्ञवाली