इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिने अडियो सार्वजनिक 



काठमाडौं । ठगी आरोपमा पक्राउ गरेका इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो सार्वजनिक भएको छ ।

न्यूज २४ टेलिभिजन मार्फत सार्वजनिक भएको अडियोमा अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ ।

पोखरेल नेपाल बार एशोसियनका निवर्तमान कोषाध्यक्ष हुन् । उनी बारमा एमालेको निकट कानुन व्यवसायीको तर्फबाट उम्मेदवार थिए । तामाङको पक्षमा कानुन व्यवसायीको रुपमा पोखरेलले मुद्दा लडेका छन् । 

तामाङलाई सहकारीकर्ताको १० अर्बभन्दा बढी निक्षेप नदिएको आरोप छ । 

अडियोमा १० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबिच भएको गोप्य संवादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिन्छ । ठगीको आरोपमा असोजमा तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको थियो । अहिले उनी प्रहरीको हिरासतमा छन् । 


क्लिकमान्डु