हिमालयन क्यापिटलद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रर्वधन प्रशिक्षण



काठमाडौं । हिमालयन क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरुकालागि एक दिने उद्यमशीलता प्रर्वधन प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा क्यापिटलका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले संचालन गर्नका निम्ति आवश्यक ज्ञान र शिपको बारेमा जानकारी गराएका थिए ।

व्यापार व्यवसाय स्थापना र संचालन गर्न आवश्यक नियम कानून सम्बन्धी जानकारी, आवश्यकता अनुसार पुँजीको व्यवस्थापन गर्न उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्धन, आयकर सम्बन्धी व्यवस्थाको परिपालन र ब्यापार व्यवसाय सफल रुपले संचालन गर्न आवश्यक अन्य सिप तथा ज्ञानको बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै अहिलेको परिवर्तनशील पृष्ठभूमिमा उद्यमीहरुले सार्थक र सान्दर्भिक कार्यक्रम गर्दै आएको बताए ।


क्लिकमान्डु