हवाई सेवा बन्द गरे कारबाही गर्ने क्यानको चेतावनी



काठमाडौं । वायुसेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिकतर्फका सबै हवाई उडान बन्द गर्ने घोषणापछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चेतावनी दिएको छ ।

क्यानले अत्यावश्यक सेवा अन्तर्गतको हवाई सेवा बन्द गरे कानून कमोजिम कारबाही गर्ने बताएको हो ।

आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको हवाई सेवा जस्तो अत्यन्त संवेदनशिल र अत्यावश्यक सेवालाई हठात रुपमा स्थगित गरिएको भन्दै उक्त घोषणा गैरजिम्मेवार भएको क्यानको भनाइ छ ।

सरकारले अत्यावश्यक सेवा अन्तर्गत हवाई सेवालाई पनि राखेको भन्दै उक्त घोषणा गैरकानूनी समेत रहेको बताएको छ । क्यानले कानून कार्यान्वयनमा गुनासो भए छलफल तथा वार्तामार्फत् निष्कर्षमा पुग्न समेत सकिने बताएको छ ।


क्लिकमान्डु