मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता



काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

१३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै दुवै संस्थाहरुलाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने कुरा उल्लेख गरेको छ ।

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक,शिक्षक, कर्मचारी र विद्यार्थीले बैंकद्वारा प्रदान गरिने सेवा सुबिधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु