जग्गा वर्गीकरण नभए पनि बैंकमा धितो बन्धक राख्न विभागको परिपत्र



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा वर्गीकरण बिना नै धितो बन्धक राख्न पाइने व्यवस्था गर्न परिपत्र जारी गरेको छ ।

विभागले आज एक परिपत्र जारी गर्दै बैंकमा जग्गा धितो बन्धक राख्न जग्गा वर्गीकरण नपर्ने व्यवस्था मिलाउन भूमिसुधार तथा मालपोत कार्यालयहरूलाई परिपत्र जारी गरेको हो ।

असार ५ गते सर्वोच्च अदालतले जग्गा वर्गीकरण नगरी बैंकबाट जग्गा धितो बन्धक नगर्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सोही अदालतको आदेशअनुसार काम अघि बढाउन विभागले अनुरोध गरेको छ ।

यसअघि सरकारले जग्गा वर्गीकरण नभएसम्म जग्गा धितो राखेर ऋण लिन नपाइने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु