नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारी निलम्बित



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

केही दिनअघि पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई अश्लिल भाषामा गाली गरेको अडियो सार्वजनिक भएको थियो ।

त्यसभन्दा अघिदेखि नै अधिकारी र मन्त्रीबीचको सम्बन्धन नराम्रो भइसकको थियो । अधिकारीलाई मन्त्री आलेले नै गत नियुक्त गरेका थिए । मन्त्री आलेले यसअघि नै अधिकारीलाई निलम्बन गर्ने तयारी गरिसकेका थिए ।

आजै बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु