सांसद राजभण्डारीको प्रश्न-५ लाखको चेक बाउन्स भए थुन्ने, बैंकको अर्बौ ठग्नेलाई तक्मा दिएर पुरस्कृत गर्ने ?



काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कुनै व्यक्तिले ५ लाख रुपैयाँ बाउन्स चेक दिए उसको बोइजत गर्ने, थुन्ने गरेको र बैंकको अर्बौ रुपैयाँ ठग्नेलाई तक्मा दिएको प्रति असन्तुष्ठ बनेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो असन्तुष्ठी जनाएका हुन् । ‘आज कुनै व्यक्तिले ५ लाख रुपैयाँ बैंकको बाउन्स चेक दियो भने उसलाई थुन्छ, बेइजत हुन्छ’ उनले भने, ‘अर्बौ रुपैयाँ बैंकको ठगेर खानेहरुलाई तपाईहरु केही गर्नुहुन्न, उल्टै तक्मा दिएर पुरस्कार दिनुहुन्छ ।’

अबका दिनमा यस्तालाई राज्यले मान पदवी, इजजत दिन नहुने उनको भनाइ छ । राष्ट्रको अर्थतन्त्र बचाउनको लागि यस्ता विषयमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

नेपालमा वैदेशिक ऋण ल्याउने र विदेशमा ऋण लगानी गर्ने व्यक्ति एकै भएको दाबी गरेका छन् । यसलाई नियन्त्रण गर्न आवश्यक रहेको राजभण्डारीको तर्क छ ।

बैठकमा सांसद राजभण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी विद्येयक २०७६ र नेपाल राष्ट्र बैंक ऐनको तेस्रो संशोधन विद्येयक-२०७६ पास गरेर कार्यान्वयनमा किन नलगेको भन्दै प्रश्न गरेका छन् । यी दुई विद्येयक संसदबाट कति दिन भित्र पास गर्ने हो भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् । साथै उनले बीमा विद्येयकलाई पनि पास गर्न आग्रह गरेका छन् ।

सांसद राजभण्डारीको जवाफमा अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्था सम्बन्धी र राष्ट्र बैंक सम्बन्धी विद्येयकमा चासो दिएको जानकारी गराए । यस्ता विद्येयकहरुमा आफ्नो ध्यान गएको उनको भनाइ छ । अहिले २ वटा विद्येयक अघि बढाइएको मन्त्री शर्माले जानकारी गराए ।


क्लिकमान्डु