पैसा खुवाएर नियुक्ती भएका गभर्नर लगानी उठाउन लागीपरे: मातृका यादव



काठमाडौं । सांसद मातृका प्रसाद यादवले सरकार परिवर्तन भएसँगै नेपाल राष्ट्र बैंकको गभर्नर परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले अहिले अर्थमन्त्री र गभर्नरको कुरा नमिलेको भन्दै सरकार परिवर्तन भएसँगै गभर्नर पनि परिवर्तन हुनुपर्ने माग गरे ।

‘अहिले अर्थमन्त्री र गभर्नरको कुरा मिलेन भनेर आइरहेको छ,’ उनले भने, ‘कुरो केमा नमिलेको हो ? मलाई लाग्छ गभर्नर पैसा तिरेर नियुक्त भएको होला, उसको लगानी उठेको छैन । त्यो उठाउने बेलासम्म बस्नुपर्यो ।’

अब नयाँ सरकार आएसँगै गभर्नर पनि परिवर्तन हुने नियम बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

पहिलेका मन्त्रीले पैसा खाएर नियुक्ती गरेको र त्यो पैसा नउठदा समस्या हुने गरेको उनको तर्क छ ।

नयाँ सरकारले निलम्बन गरे अदालत जाने र अदालतले स्टे लिने भन्दै उनले यसले काम गर्न नहुने बताए ।


क्लिकमान्डु