एलपी ग्याँसमा दोहोरो मूल्य कायम गरिने, घरायसी र व्यवसायिक प्रयोजनका लागि छुट्याइने



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउन प्रयोग हुने एलपी ग्याँसमा दोहोरो मूल्य कायम गर्ने भएको छ । यसका लागि घरायसी र व्यवसायिक प्रयोजनका लागि ग्याँस छुट्याइनेछ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले घरायसी प्रयोजनका लागि सुविधा दिने उद्देश्यले दोहोरो मूल्य कायम गर्न लागिएको बताए ।

थानीले यसका लागि अहिले अध्ययन समितिले अध्ययन गरिरहेको समेत जानकारी दिए ।

उनले ग्याँसको साइज, रंग र स्मेलका आधारमा छुट्याइने र सोही अनुसार मूल्य कायम गरिने बताए ।


क्लिकमान्डु