गभर्नरले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखियोः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखिएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारको समस्यालाई समाधान गर्न राष्ट्र बैंक,धितोपत्र बोर्ड सरोकारवाला निकायको समिति बनाउने काम भएको जानकारी दिए ।

उनले मौद्रिक नीतिमा गरेको त्रुटीले गर्दा समस्या देखिएको बताए । शर्माले गभर्नर अधिकारीको नाम नलिएपनि मौद्रिक नीति नै अहिलेको समस्याको प्रमुख कारण रहेको बताए ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन निलम्बन गरेपनि अदालतको अन्तरिम आदेशले उनको निलम्बन हटेको थियो ।


क्लिकमान्डु