पर्यटन सम्बद्ध तीन संस्थाले मागे पर्यटनमन्त्री आलेको राजीनामा



काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बद्ध तीन संघले पर्यटनमन्त्री प्रेम आलेको राजीनामा माग गरेका छन् । पर्यटनमन्त्री आलेले नेपाल वायुसेवा निगमका अध्यक्षलाई फोन तथा कार्यक्रममै बोलाएर अश्लिल भाषामा गाली गरेको अडियो सार्वजनिक भएपछि राजीनामा माग गरिएको हो ।

नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन् ।

‘समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरी गरेका यस्ता अश्लिल र अराजक अभिव्यक्ति र गुण्डागर्दीको व्यवहार सम्भ समाजका लागि स्वीकार्य हुनै सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले मन्त्री स्वयम अध्यक्ष रहेको लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार विघा क्षेत्रलाई मन परेको व्यवसायी कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया बिना नै पूरा नगरी व्यवसायिक रिसोर्टको अनुमति ठाडो आदेश दिने मन्त्री आलेको नियत माथि नै निजी क्षेत्र संशकित भएको बताएका छ ।


क्लिकमान्डु