१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको १५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले असार ७ गतेदेखि उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले ‘५ वर्षे विकास ऋणपत्र, २०८४ ‘छ’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
इच्छुक खरिदकर्ताले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंकिङ वित्तीय संस्था, बीमाा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्नेछन् ।


क्लिकमान्डु