भिमकान्तविरुद्ध भ्रष्टारचारको मुद्दा दर्ता



काठमाडौं । विध ल्याव सञ्चालक समेत रहेका पूर्व सरकारी कर्मचारी भिमकान्त भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टारको मुद्दा दर्ता गरेको छ ।

भण्डारीले ६ करोड ५० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियराले मुद्दा दर्ता गरेको हो ।

स्थानीय प्रशिक्षण प्रतिष्ठान झापामा वरिष्ठ व्यवस्थपन सहायकका रुपमा कार्यरत भण्डारीले पदमा बहाल रहँदा पददको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले भण्डारीले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । भण्डारीले हाल विध ल्याव सञ्चालन गर्दै आएका छन् । उनले केही समय अघि एटेन्ड नाम सेयर राइड एप समेत ल्याउने घोषणा गरिसकेका छन् ।


क्लिकमान्डु