पर्यटनमन्त्री आलेको अभिव्यक्तिप्रति वायुसेवा सञ्चालक संघको भर्त्सना, प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

182
Shares

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले हवाई जहाजसम्बन्धी प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिको वायुसेवा सञ्चालक संघले भत्र्सना गरेको छ ।

मन्त्री ओलेले गत असार १ गते संसद बैठकमा बोल्दै प्रेसाइज्ड वायुयानको हकमा १० वर्ष र नन प्रेसराइज्ड वायुयानको हकमा १५ वर्षभन्दा पुराना विमान भित्र्याउन कानूनी बन्देज लगाउने गरी दिएको अभिव्यक्तिको संघले भर्त्सना गरेको हो ।

तर हाल व्यवस्था अनुसार प्रेसराइज्डको हकमा १५ वर्ष र नन प्रेसराइज्ड विमानको हकमा २० वर्ष पुराना विमान ल्याउन सकिने व्यवस्था छ ।

‘उच्च प्राविधिक तथा संवेदनशिल विषयमा व्यवसायी, हवाई विज्ञ तथा अन्य हवाई सेवा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकार व्यक्ति तथा संघ संस्थाहरुसँग कुनै सल्लाह सुझाव नै नलिइ एकातर्फी रुपमा स्वेच्छाचारी, अव्यवहारिक, तर्कहिन अभिव्यक्ति गरेको देखिन्छ । एयरलाइन्स व्यवसाय उच्च प्राविधिक तथा अति नै संवेदशिल हुने हुँदा प्राविधिक विज्ञहरुसँग कुनै अन्तरक्रिया तथा संवाद नै नगरी एकातर्फी रुपमा आएको अभिव्यक्ति प्रति यो संघ घोर भत्र्सना गर्दछ ।’

जहाजको हरेक पार्टपुर्जाहरुको निश्चित साइकल तथा अवधि हुन्छ । उक्त साइकल पूरापछि नयाँ पार्टपुर्जा स्वतः फेरिनुपर्ने हुन्छ । नेपालका सबै वायुसेवा कम्पनीहरुले जहाज ममर्तसम्भारमा अन्तर्राष्ट्रिय प्रावधान, विमान निर्माता कम्पनीको ससर्त रेगुलेसन र नेपाल नागरिक उड्ययन प्राधिकरणले तोकेको मापदण्डभित्र रही काम गरिरहेको संघको ज्ञापनपत्रमा भनिएको छ ।

Skip This