माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना



काठमाडौं । माछापुच्छ्रे बैंकले ‘स्मार्ट मुद्दती खाता’ संचालनमा ल्याएको छ ।

उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

बैंकको स्मार्ट मुद्दती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । बैंकले खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ । इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सकिनेछ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


क्लिकमान्डु