महालक्ष्मी विकास बैंकका ग्राहकले कालिज गार्डेन इको रिसोर्ट छुट पाउने



काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडा– ११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् ।

सम्झौता पश्चात बैंकका डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु