ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

दुवै बैंक मर्जरमा जाने सम्झौता भएसँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ । बिहीबार ग्लोबलले बीओकेलाई १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेको छ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जरमा जान हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु