सेञ्चुरी कमर्सियल बैंकले किसानलाई ट्रयाक्टर खरिद गर्न ऋण दिने



कठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धनगढीको किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक नवाज आलमले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु