वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई वेबसाइट मार्पmत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था मिलाएको छ ।

प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।

वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन, बन्द गर्न,पासवर्ड रिसेट, मेरो सेयरको रजिष्टे«शन,नविकरण,पासवर्ड रिसेट, सिआरएन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता,पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यी सबै सेवाहरु बैककाे वेबसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

बैंकले १७५ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु