शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’ याेजना



काठमाडौं । शाइन रेसुङ्गा बैंकले ग्राहकका लागि ‘ग्रीनपिन’ योजना ल्याएको छ । ‘ग्रीनपिन’ डेबिट कार्डका लागि बनाइएको कागज बिहीन पिन भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड प्राप्त भएको २४ घण्टा भित्र नजिकैको शाइन रेसुङ्गा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ ।

‘ग्रीनपिन’को मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहितगर्नु र डिजिटल बैंकिङ्गलाई अझ सजिलो, सुरक्षित र सुविधाजनक बनाउनु रहेको छ ।

बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखाकार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र ७ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ र छिट्टैबिभिन्न स्थानहरुमा थप १० वटा एटीएम सुचारु गर्ने प्रक्रियमा रहेको जानकारी गराएको छ ।


क्लिकमान्डु