लालबन्दीका किसानलाई एनएमबि बैकले दियो बित्तीय साक्षरता तालिम



काठमाडौ । एनएमबि बैंकले सर्लाही जिल्लाको लालबन्दीका तरकारी उत्पादक कृषकलाई बित्तीय साक्षरता तालिम दिएको छ ।

कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा बित्तीय शिक्षा दिइएको छ ।

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १५ सय किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन् । उक्त क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाडौं, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाइने गरिन्छ ।

कार्यक्रमले किसानहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।


क्लिकमान्डु