तनहुँका मासु पसलमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा सुरु



काठमाडौं । बैंक अफ काठमाण्डूले तनहुँको व्यास नगरपालिका-३ स्थित दमौलीका थोक तथा खुद्रा मासु पसलमा क्यूआर कोड सेवा सुरु गरेको छ ।

तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले संयुक्त रुपमा उक्त सेवाको सुरु गरेका हुन् ।

तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भइरहेका छन् ।

कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाहीले समितिद्वारा संचालित पसलहरुमा क्यूाआर कोड सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर ब्यवसायीहरुलाई सहयोग गरेको बताए ।

बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई ब्यवसाय बिस्तारमा सहयोग मिलेको उनको भनाइ छ ।

कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालय प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको बताए ।

स्थानीय स्तरका व्यवसायी समितिहरुसंगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा डिजिटल कारोबारका लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याएको जनाएको छ ।

बैंकले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।


क्लिकमान्डु