अर्थमन्त्रीको विरोधमा एमालेद्धारा संसद् अबरुद्ध, छानबिन समिति गठन गर्न माग



काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा कर्मचारी बाहेकलाई संलग्न गराएको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले छानबिन समिति गठन गर्नुपर्ने तथा बजेट निर्माणको दिनको मन्त्रालयको सिसिटिभी फुटेज पेश गर्नुपर्ने माग राखेको छ ।

अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न नभएको बताएका थिए ।

एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि मंगलबारको बैठक बुधबार ११ बजे बस्ने गरेर स्थगित भएको छ ।


क्लिकमान्डु