हकप्रद सेयर निष्कासन गर्न दिनुपर्ने मागसहित लघुवित्त संघले दियो १० सुझाव



काठमाडौं । लघुवित्त संघ नेपालले हकप्रद सेयर जारी गर्न पाउनुपर्ने माग गरेको छ ।

लघुवित्त संस्थारूको छाता संगठन लघुवित्त संघ नेपालले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि सुझाव पेस गर्दै लघुवित्त कम्पनीहरूलाई आवश्यकताको आधारमा हकप्रद सेयर निष्कासन गर्न दिनुपर्ने माग गरेको हो ।

हकप्रद सेयर सँगै ऋणपत्र पनि जारी गर्न पाउने माग संघको छ ।

लघुवित्त कम्पनीहरूलाई स्रोत अभावको समस्या समाधानको लागि बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने रकम ५ प्रतिशतलाई बढाई ७ प्रतिशत पुर्याउनु पर्ने माग संघको छ ।

सो ७ प्रतिशतमा ४.७ प्रतितशत घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूमार्फत नै हुनुपर्ने व्यवस्था मिलाउन समेत आवश्यकता रहेको संघको बुझाइ छ ।

क, ख ग बर्गका बैंक तथा वित्तीय संस्थाहरूले ३ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई विपन्न क्षेत्र कर्जा प्रवाह गर्दा हाल स्वच्छाचारी ढङ्गले आधारदर मा रिस्क मार्जिन ४÷५ थप प्रतिशतसम्म थप गरी ब्याज असुल्ने अनुचित प्रवृत्ति रहेको संघको दाबी छ ।

लघुवित्त संस्थाहरूलाई १५ प्रतिशतको बन्देजको परिपे्रक्षमा सो रोक्न बढीमा १ प्रतिशतको व्यवस्था हुनु पर्ने संघको माग छ ।

गैर बैंकिङग वित्तीय संस्थाहरूः नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष एंव कर्मचारी सञ्चय कोषबाट लघुवित्त वित्तीय संस्थाले पनि ऋण लिन सकिने व्यवस्था गरिनिु पर्ने पनि संघले माग गरेको छ । यो माग धेरै पहिले देखि गरिद आएको पनि कार्यान्वयन हुन नसकेको संघको भनाइ छ । तत्काल कार्यान्यन हुनुपर्ने संघको माग छ ।

दुर दराजमा पहुँचसमेतको आधारमा सामाजिक सुरक्षा भत्ता वितरण एंव सरकारका कल्याणकारी योजनाहरू लघुवित्त वित्तीय संस्थामार्फत संचालन गर्ने व्यवस्था हुनु पर्ने संघको माग छ ।

लघुवित्त वित्तीय संस्थाहरूमा पेन्सन बचत प्रकृतिका तथा अन्य आवधिक बचतको व्यवस्था पुनः कायम हुनुपर्ने माग समेत संघले राखेको छ ।

अन्य बैंक तथा वित्तीय संस्था भन्दा लघुवित्त संस्थाहरूको कार्य प्रकृति फरक भएको हुनाले अन्य बैंक तथा वित्तीय संस्था नपुगेका दुर दराजका विपन्नलाई सेवा पुर्याईरहेका लघुवित्त कम्पनीहरूलाई आम्दानीमा लाग्ने कर अन्यलाई लाग्नेको आधा तर्फ पहल गर्नुपर्ने संघको माग छ । अर्थात १५ प्रतिशतमा कायम गर्नुपर्ने संघले बताएको छ ।


क्लिकमान्डु