राजमार्ग स्तरोन्नतीका लागि १७ आयोजना थपिए, १ अर्बले घट्यो बजेट



काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना अन्तर्गतका आयोजनाका लागि बजेट घटेको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि यस अन्तर्गतका आयोजनाका लागि १ अर्ब ६ करोड रुपैयाँले बजेट घटेको हो । यद्यपि आयोजनाको संख्या भने बढेको छ ।

चालु आवमा कुल १०२ वटा आयोजनाका लागि ८ अर्ब ३ करोड ६७ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा आगामी आवका लागि ११० वटा आयोजनाका लागि जम्मा ६ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

गत वर्षमा भएका केही आयोजनाहरु यसपटकको बजेटमा समावेश छैनन् भने केही आयोजनाहरु थप भएका छन् ।


क्लिकमान्डु