ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले वृद्धि-शशिला इलेक्ट्रोनिक्सको सहकार्यमा विद्युतीय स्कुटर ल्याउने



काठमाडौं । ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुपले वृद्धि–शशिला इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमा विद्युतीय स्कुटर भित्र्याउने भएको छ । साथै, उसले चार्जिङ ग्रिड र ब्याट्री स्वापिङ स्टेशन ल्याउने जनाएको छ ।

ओकाया इनर्जी एण्ड ई–मोबिलिटी विगत ३५ वर्षदेखि ऊर्जा भण्डारण र ब्याट्री उत्पादनमा अग्रहणी कम्पनी हो ।
नेपालमा विद्युतीय दुई पांग्रे गाडी बिक्री गर्नेदेखि ब्याट्र ल्याउने सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको प्रेश विज्ञप्तिमा जनाइएको छ ।

५० भन्दाबढी देशहरुमा चार दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित, ओईईजीको पछिल्लो उत्पादन ओकाया इभीले आईओटी नेपालमा प्रभावकारी हुने जनाएको छ ।

यी स्कुटहरुमा ४.४ किलोवाटमा कुनै अन्य ई–स्कुटरमा फिट गरिएकोभन्दा उच्चतम क्षमताको ब्याट्री प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले सिंगल चार्जमा १४०–१६० किलोमिटर यात्रा र ७०० किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्छ ।

वृद्धि–शशिला इलेक्ट्रोनिक्सको ५० वर्षभन्दा बढीको व्यवसायीक इतिहास छ । यस ग्रुपको प्राथमिक व्यवसायमा अटोमोटिभ, ह्याभी इकुप्मेन्ट, व्यापार, उत्पादनका साथै वित्तीय संस्थाहरु र बैंकिङ समावेश छन् ।

शशीला मोटर्स, कमर्सियल गाडीको क्षेत्रको अग्रहणी डिलरसिप हो जसले सञ्चालनको सात वर्षमा ६ हजारभन्दा बढी गाडीहरु बिक्री गरेको छ ।


क्लिकमान्डु