पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।

यातायात व्यवस्था विभागले २ प्रतिशतदेखि २.९ प्रतिशतसम्म भाडा घटाएको हो । इन्धनको मूल्य बढेसँगै वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा घटाइएको हो ।

जसअनुसार यात्रुबाहक सवारीको भाडा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटाइएको छ ।


क्लिकमान्डु