जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब नाघ्यो, कुन कम्पनीको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीहरूको कुल बीमाशुल्क ११.६४ प्रतिशतले बढेको हो । गत आवको बैशाखसम्मा यी कम्पनीहरूले ९८ अर्ब ८९ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको वैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ३१ अर्ब २६ करोड ५४ लाख रूपैयाँ प्रथम बीमाशुल्क र ७९ अर्ब १३ करोड ६७ लाख रूपैयाँ नविकरण बीमाशुल्क गरी सो रकम संकलन गरेका हुन् ।

२९ जीवन बीमा कम्पनीमध्ये धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको शीर्ष सूचीमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । इन्स्योरेन्सले यस अवधिसम्ममा २८ अर्ब ३५ करोड ८० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले यस अवधिमा प्रथम बीमाशुल्कबाट ५ अर्ब २१ करोड ८१ लाख रूपैयाँ र नवीकरणबीमाशुल्कबाट २३ अर्ब १३ करोड ९८ लाख रूपैयाँ गरी सो रकम संकलन गरेको हो । जुन कुल बीमाशुल्कको २५.६९ प्रतिशत हो ।

नेपाल लाइफ पछि धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) परेको छ ।

यस अवधिमा इन्स्योरेन्सले १३ अर्ब ५२ करोड रुपयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बीमाशुल्कबाट २ अर्ब १५ करोड ६६ लाख रूपैयाँ र नवीकरण नीमाशुल्कबाट ११ अर्ब ३६ करोड ८९ लाख रूपैयाँ छ । जुन कुल बीमाशुल्कको १२.२५ प्रतिशत हुन आउँछ ।

नेशनल लाइफले १० अर्ब ९८ करोड ४३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीले यस अवधिमा प्रथम बीमाशुल्कबाट ३ अर्ब ४९ करोड ५७ लाख रूपैयाँ र नवीकरण बीमाशुल्कबाट ७ अर्ब ४८ करोड ८६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २४ करोड १३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, पूराना जीवन बीमा कम्पनी गुराँस लाइफले २ अर्ब ५३ करोड ८७ लाख, एशियन लाइफले ५ अर्ब ५३ करोड ३९ लाख, मेट लाइफले ४ अर्ब ३७ करोड ४३ लाख, प्राइम लाइफले ४ अर्ब १४ करोड ९० लाख, सूर्या लाइफले ३ अर्ब ९२ करोड ९० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

नयाँ जीवन बीमा कम्पनीतर्फ युनियन लाइफले ६ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सिटिजन लाइफले ४ अर्ब २६ करोड ३१ लाख, सन नेपाल लाइफले ३ अर्ब २६ करोड ४४ लाख, रिलायबल नेपालले ३ अर्ब २१ करोड ४३ लाख, ज्योति लाइफले २ अर्ब ८८ करोड ७१ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, आईएमई लाइफले २ अर्ब ५६ करोड, रिलायन्स लाइफले २ अर्ब ३९ करोड ६३ लाख, सानिमा लाइफले १ अर्ब ८८ करोड ४७ लाख, प्रभु लाइफले एक अर्ब ५७ करोड ८९ लाख र महालक्ष्मी लाइफले १ अर्ब १८ करोड ५३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु