यो वर्ष शिखर इन्स्योरेन्सले लाभांश नदिने



काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०८८ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बीमा समितिले निर्देशन दिएको समयभित्रमा २ अर्ब ५० करोड रूपैयाँ पुँजी पुर्याउने गरी गत आवसम्मको जगेडाबाट हाललाई लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आगामी चैत मसान्तसम्म बीमा समितिले तोके बमोजिम २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पुँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि गत आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको जनाएको छ ।

आगामी दिनमा कम्पनीको पुँजी पर्याप्तता कायम हुने/नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने तथा अन्य कम्पनीहरूलाई गाभ्ने÷गाभिने वातारण सिर्जना भएमा सोही बमोजिम निर्णय गर्नु उचित हुने भएकाले कम्पनीले हाललाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बीमा समितिले तोकेकै समयमा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीले हालैमात्र ३० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रूपैयाँ पुर्याएको छ ।

गत आवको वित्तीय विवरणहरूको साथै नेपाल वित्तीय प्रतिवेदनमान अनुरूपको वित्तीय विवरणहरू पारित गरी बीमा समितिमा पेश गर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजबहाकले जानकारी दिए ।


क्लिकमान्डु