नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन



काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् ।

कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा महर्जनलाई नियुक्त गरेको हो ।

महर्जनले आजैदेखि कार्यभार सम्हाल्ने कम्पनीका कम्पनी सचीव चन्द्रनाथ उप्रेतीले जानकारी दिए । कम्पनीले महर्जनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।

यस अघि महर्जन पु्रडेन्सियल इन्स्योरेन्सको सीईओ थिए । महर्जनले कार्यकाल सकिन दुई महिना बाँकी छँदा नै असोज महिनामा आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले कात्तिक १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका थिए ।

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्सले राजीनामा स्वीकृत गरेको २ दिनपछि नै उनी नेपाल इन्स्योरेन्स भित्रिएका थिए ।

नेपाल इन्स्योरेन्सको कात्तिक ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले महर्जनलाई कात्तिक ७ गते आईतबारदेखि लागू हुने गरि कामु सीईओको जिम्मेवारी दिएको थियो ।


क्लिकमान्डु