१० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना



काठमाडौं । पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ ।

यसअनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस्’ भनेको छ । १०००० मा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुइपांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुन सक्छ । यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ, ग्राहकलाई १२, १८ र २४ महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ । यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनु पर्नेछ ।

नेपाली बजारमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५-डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

यी स्कुटरमा विश्व प्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ ।

इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग नगर्नु पर्ने भएकाले वार्षिकरुपमा करिब एक लाख रुपैयाँ बचत हुने बताइएको छ ।

त्यसैगरी नेपालको बिजुली नेपालमै खर्च हुने भएकाले पेट्रोलियम पदार्थ खरिदका लागि विदेश पठाउनु पर्ने पैसा नेपालमै बचत हुनेछ । वातावरण प्रदूषण नहुने भएकाले समेत इलेक्ट्रिक स्कुटर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी, बाफल र पाटनका साथै उपत्यका वाहिर धनगढी, पाल्पा र पोखरामा यसको सोरुम रहेको छ भने २० वटा नयाँ सहरमा चाँडै नयाँ सोरुम सञ्चालनमा आउने बताइएको छ ।

बज्र ग्रुप ले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ । नेपाली बजारमा प्रतिष्ठित विदेशी ब्रान्डका सामग्री बिक्री–वितरण गरेर यो ग्रुपले लामो समय देखि नेपाली ग्राहकको मन जितेको छ ।


क्लिकमान्डु