बजेटले विद्युतीय सवारी प्रयोगमा निरुत्साहित गर्यो, इन्धनलाई प्रोत्साहन गर्न खोजियोः पौडेल



काठमाडौं । पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारको विद्युतीय सवारी साधनमा भन्सार लगाउने नीति गलत भएको बतएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क लगाउने र भन्सार महशुल बढाउने निर्णयको उनले विरोध गरेका छन् ।

सरकारको नीतिले विद्युतीय सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्न खोजेको दाबी गरे । उनले सरकारले ल्याएको नीतिले इन्धनका सवारी साधनलाई प्रोत्साहन गर्न खोजेको आरोप लगाए । सरकारको नीतिले महंगोमा इन्धन किन्न बाध्य हुनुपर्ने दाबी गरे ।

‘विद्युतीय सवारी साधानमा अन्त शुल्क लगाउने भन्सार महसुल बढाउन लाग्यौ’ उनले भने ‘विद्युतीय सवारी साधन चलाउन निरुत्साहित गर्न खोजियो । विद्युतीय सवारीमा किन अन्तशुल्क लगाएको मैले बुझ्न सकिन ?’ उनले इन्डक्सन चुलो सरकारले निःण्शुल्क दिने भएपनि त्यसको लागि पुर्वाधार नभएकाले प्रयोग गर्न नसकिने बताए ।


क्लिकमान्डु