युवराज खतिवडाकै बाटोमा जनार्दन शर्मा, विद्युतीय सवारीसाधनमा १२० प्रतिशतसम्म कर



काठमाडौं । सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क र भन्सारमा व्यापक वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९’८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क र भन्सार दुबै वृद्धि गरेका हुन् ।

यसअघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको कर बढाएको भन्दा व्यापक विरोध भएको थियो । विरोधपछि भने उनले उक्त करमा पुनरावलोकन गरेका थिए ।

मन्त्री शर्माले केही महिनाअघि प्रतिस्थापन विधेयक मार्फत अन्तःशुल्क पूर्णरुपमा घटाएका कारण चर्चा बटुलेका थिए । अहिले उनैले १०० किलोवाट क्षमताको मोटर जडान भएको कारमा चलाइएको छैन भने १०० किलोवाट पावर माथि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरी २०१ देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएको कारमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क तथा ३०० किलोवाट भन्दा माथिको मोटर जडान भएको कारमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लगाएको छ ।

सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने आफ्नै नीति विपरित भन्सार शुल्क वृद्धिसँगै अन्तशुल्क पनि लाग्ने व्यवस्था गरेको हो। यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । त्यस्तै, भन्सार करमा वृद्धि गरेको गरेको छ ।

सरकारले बजेटमार्फत काठमाडौं उपत्यका लगायका सरहमा विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने घोषणा पनि गरेको छ । उसले बढाएको कर र नीतिमा भने मेल खादैन ।

विद्युतीय गाडी बिक्रेताका अनुसार सरकारले अन्तशुल्क तथा भन्सार बढाएपछि यसको ५० प्रतिशतसम्मले मूल्य बढ्ने देखिएको छ ।


क्लिकमान्डु