लघु बीमा कम्पनी स्थापना गरिने



काठमाडौं । सरकारले लघु बीमा कम्पनीको स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विपन्न तहसम्म बीमाको पहुँच पुर्याउन लघु बीमा कम्पनी स्थापना गरिने बताएका हुन् ।

अर्थमन्त्री शर्माले गरिब, विपन्न तथा कृषिलाई समेट्ने गरी लघु बीमा कम्पनी स्थापना गरिने बताएका हुन् ।

एक परिवार एक बीमा अवधारणलाई साकार पार्न आवश्यक कार्यक्तम सञ्चालन गरिने शर्माले बताए ।

बीमा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याईने शर्माले बताए ।


क्लिकमान्डु