बीमा कलेज स्थापना गरिने
काठमाडौं । नेपालमा बीमा कलेज स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा कलेज स्थापना गरिने बताएका हुन् ।
बीमा व्यवसायको इतिहासमा अपेक्षाकृतरुपमा बीमाको दायरा विस्तार हुन सकेको छैन । त्यसैगरी बीमाको विकास पनि हुन सकेको छैन ।
बीमामा दक्ष जनशक्तिको अभाव छ । बीमाको विकास, अध्ययन अनुसन्धान गर्ने र व्यवसायिक जनशक्ति उत्पादन गर्न भन्दै बीमा कलेज स्थापना गर्नका लागि बीमा समितिले गृहकार्य गर्दै आएको छ ।