उखु किसानलाई अनुदान दिन ८१ करोड विनियोजन



काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

हाल सरकारले उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिँदै आएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत उखु किसानलाई उखु क्रसिङ गरेकै वर्षमा अनुदान रकम दिने घोषणा गरेका हुन् ।


क्लिकमान्डु