कहिले सार्वजनिक होला टाटाको नयाँ एच-५ ?



काठमाडौं । अटोमोबाइल क्षेत्रमा टाटा मोटर्स आफ्नो पहिचान बनाउन सफल अटोमोबाइल कम्पनी हो । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले विभिन्न समय नयाँ उत्पादन र नयाँ मोडलका गाडीहरू सार्वजनिक गर्दैछ । टाटाले ग्राहकहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै गाडी सार्वजनिक गर्दैछ ।

टाटा मोटर्सको मिड-साइज एसयुभी सेग्मेन्टको एच-५ बजारमा निकै रुचाइएको गाडी हो । पहिलो पटक सन् २०१८ मा सार्वजनिक एच-५ले ग्राहकहरूको मन जित्त सफल छ । पछि सन् २०१९ मा पनि केही थप विशेषताहरूसहित एच-५ सार्वजनिक गरिएको थियो । सन् २०२० को जनवरीमा पुनः परिमार्जनसँगै सार्वजनिक गरिएको एच-५ सन् २०२३ मा भने थप अद्यावधिक सुविधाहरूसँगै सार्वजनिक हुने बताइएको छ ।

टाटा एच-५ को बाहिरी आवरणसँगै भित्री विशेषताहरूका कारण ग्राहकहरूको रोजाइमा पर्दै आएको छ । टाटा मोटर्सका अनुसार नयाँ एच-५ फेसलिफ्ट सहित सार्वजनिक हुँदैछ । अर्थात् गाडीमा विशेषताहरू अद्यावरण र थप गर्नुसँगै यसको बाहिरी स्टाइलमा पनि परिवर्तन हुनेछ । कम्पनीले नयाँ एच(५बारे सम्पूर्ण विशेषता भने सार्वजनिक गरेको छैन ।

गाडीको बाहिरी स्टाइलिङमा परिमार्जन हुनेछ । जसमध्ये मुख्य यसको बाहिरी स्टाइलिङ हुनेछ । टाटा मोटर्सले एच-५ २०२३ को बाहिरी आवरण अद्यावरण अपडेट गर्नेछ । यसको अगाडि भागमा हुने ग्रिल पुनः डिजाइन गरिएको हुनेछ भने गाडीमा नयाँ हेडल्याम्प क्लस्टर हुनेछ । साथै,कम्पनीले अगाडिको बम्परमा पनि केही परिवर्तन गर्ने अनुमान लगाउन सकिन्छ ।

यसबाहेक नयाँ एच-५मा नयाँ अलोय ह्विलहरू हुने प्रक्षेपण गरिएको छ । गाडीको अगाडि भागसँगै पछाडि भागमा पनि केही परिवर्तनहरू हुने अपेक्षा राखिएको छ ।

टाटा मोटर्सले नयाँ एच-५को बाहिरी आवरण र स्टाइलिङसँगै अन्य आन्तरिक विशेषताहरूमा पनि परिमार्जन र अद्यावरण गर्ने जनाइएको छ । सबैभन्दा पहिले गाडीमा अद्यवारण गरिएको इन्फोटेनमेन्ट र स्टियरियो प्रविधि हुने बताइएको छ ।

नयाँ इन्फोटेनमेन्ट प्रणाली ठूलो डिस्प्लेको साथ आउनेछ । र, एच(५को मानक दायरामा आइआरए जडान कार टेक प्रदान गर्ने बताइएको छ । थप रूपमा, अद्यावधिक गरिएको प्याकेजले ३६० डिग्री पार्किङ क्यामेरा पनि समावेश गर्नुपर्ने अनुमान छ ।

गाडीमा हुने एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम एच-५को उपकरणहरू मध्ये सबैभन्दा ठूलो हुनेछ । एडिएएस सुविधा अहिले प्रायः एसयुभीमा सामान्य हुँदैछ । ‍

टाटा मोटर्सले नयाँ एच-५ २०२३ निर्माण समय सुरक्षा विशेषतालाई थप ध्यानमा राख्दै निर्माण गर्ने बताएको छ । टाटाको प्रायः गाडीहरूले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा राम्रो प्रदर्शनी गर्दैछ। टाटा मोटर्स सुरक्षाको मामिलामा ग्राहरकहरूको मन जित्न सधैं अग्रपन्तिमा छ ।

नयाँ एच-५मा पेट्रोल इन्जिन हुने अपेक्षा छ । योसँगै गाडीको हुडमा पनि परिवर्तन देखिनेछ । नयाँ एच-५ १.५ लिटर टर्बो पेट्रोल इन्जिनद्वारा संचालित हुनेछ । हाल बजारमा उपलब्ध एच-५मा २.० लिटर क्रियोटेक डिजेल मोटर इन्जिन जडित छ । जसले १६८ बिएचपी पावर र ‍३५० एनएम टर्क जेनेरेट गर्छ । नयाँ पेट्रोल इन्जिन जडित एच-५ म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ ।

यसरी थप अद्यावरण सहितको नयाँ एच-५ सन् २०२३ को सुरूमै भारतीय बजारको शोरूमहरूमा उपलब्ध हुने अपेक्षा छ । फेसलिफ्ट सहितको यो नयाँ एच-५को सुरूवाती बजार मूल्य १४ लाख भारतीय रूपैयाँमा हुने अनुमान छ। यद्यपि टाटा मोटर्स आफैले भने यसबारे कुनै खुलासा गरेको छैन ।


क्लिकमान्डु