प्रभु लाइफको सीइओमा सन्तोष प्रसाईं



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीइओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समिति पठाएको थियो ।

बीमा समितिको स्वीकृति पश्चात कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले प्रसाईंलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका थिए ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलले कार्यकाल नसकिँदै फागुनमा राजीनामा दिएका थिए ।

पौडेलले राजीनामा दिएपछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीइओविहीन थियो ।

नेपाल लाइफको सीइओ पदबाट राजीनामा दिएका प्रसाईंलाई प्रुभ लाइफले फागुन महिनामा नै सल्लाहाकारका रूपमा नियुक्त गरेको थियो ।

प्रसाईंले २०७७ माघ २७ गतेदेखि नेपाल लाइफको सीइओको जिम्मेवारी पाएका थिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका हुन् ।


क्लिकमान्डु