पुँजी बढाउन महालक्ष्मी लाइफका संस्थापक सेयरधनीले ५०% रकम थप्ने



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई सेयर वापतको थप ५० प्रतिशत रकम ३० दिन भित्र जम्मा गर्न भनेको छ ।

कम्पनीले अधिकृत पुँजी, चुक्ता तथा जारी पुँजी वृद्धि गर्नुपर्ने भएकाले संस्थापक सेयरधनीहरुलाई उक्त रकम जम्मा गर्न भनेको हो ।

कम्पनीको जेठ १० गते सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले साविक संस्थापकहरुबाट लगानी भएको रकमको ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

कम्पनीका अनुसार वैशाख २५ गते सम्पन्न विशेष साधारणसभाको निर्णय अनुसार अधिकृत पुँजी, चुक्ता तथा जारी पुँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने निर्णय भएको जनाएको छ ।

संस्थापकहरुले कम्पनीको वेवसाइटमा उपलब्ध रहेको सेयर लगानी फारम भरी सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र माछापुच्छे बैंकमा रकम जम्मा गरी भौचर कम्पनीको प्रधानकार्यालयमा बुझाउन भनेको छ ।


क्लिकमान्डु